Published Date : 2018-05-15 (Modified Date : 2019-05-06)
सहभागितामूलक वन महाशाखा
- समुदायमा आधारित वन व्यवस्थापन पद्धति सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
- सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अभिलेख राख्ने ।
- सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन, मध्यवर्ती क्षेत्रका वन लगायत सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने ।
- वन पैदावारमा आधारित उद्यम तथा उद्योगहरुको स्थापना, विकास र प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गर्ने ।
- वन प्रमाणीकरण (Forest Certification) का लागि आवश्यक समन्वय गर्ने ।
- संरक्षणमुखी, उत्पादनमुखी एवं पर्यापर्यटन प्रवद्र्धनमुखी सामुदायिक वनहरुमा दिगो व्यवस्थापनको सिद्धान्त बमोजिम व्यवस्थापन गर्न आवश्यक राष्ट्रिय नीति एवं मापदण्ड तयारी सम्बन्धी कार्यहरु गर्ने, गराउने,
- उत्पादनमुखी सामुदायिक वनहरुको दिगो व्यवस्थापनका राष्ट्रिय आधार र सूचकहरु निर्माणका लागि आवश्यक सहजीकरणका कार्यहरु गर्ने गराउने,
- सामुदायिक वनभित्रका वन्यजन्तुको संरक्षणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
- सामुदायिक वन उपभोक्ता समूहको कोष परिचालन बारे राष्ट्रिय नीति एवं कानून निर्माण सम्बन्धी कार्यहरु गर्ने गराउने,
- सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत दिगोपना, समावेशी प्रतिनिधित्व एवं निर्णय प्रक्रियामा सहभागिताको लागि नीतिगत कार्यहरु गर्ने गराउने,
- सहभागितामूलक वन डढेलो नियन्त्रण एवं रोकथाम सम्वन्धी नीतिगत कार्यहरु गर्ने गराउने,
- वन श्रमिक, वन हेरालु, सामुदायिक वनहरुको सं