Government of Nepal

Ministry of Forests and Environment

Government of Nepal

Ministry of Forests and Environment

Singhdurbar, Kathmandu

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

  1. मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
  2. मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने,
  3. भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने, गराउने,
  4. सार्वजनिक खरिद ऐन÷नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्बन्धी कार्य गर्ने, गराउने,
  5. लिलाम विक्री सम्बन्धी कार्य गर्ने, गराउने, 
  6. मन्त्रालय र अन्तरगतका निकायहरूको वेरुजु फछर्यौट गर्ने, गराउने,
  7. मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति विकास सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  8. मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासा आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्ने, गराउने,
  9. कर्मचारीहरुको गुनासो सम्बोधन सम्बन्धी कार्य गर्ने, गराउने,
  10. मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
  11. कर्मचारीहरुको विभागीय कारवाही तथा पूरस्कार लगायतका कार्यहरु गर्ने गराउने,
  12. मन्त्रालयसंग सम्बन्धित कर्मचारीहरुको अध्ययन, असाधारण लगायतका विदाहरु सम्बन्धी कार्य गर्ने, गराउने,
  13. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशासन ईकाई र प्रशासन सुधार सम्वन्धी कार्यको सम्पर्क विन्दुको रुपमा काम गर्ने गराउने,
  14. वन क्षेत्रको सांगठनिक एवं प्रशासनिक प्रक्रियाको व्यवस्थापन सम्बन्धमा आवश्यक Standard Operating Procedure (SOP) बनाउने,
  15. मन्त्रालयसंग सम्बन्धित वैदेशिक भ्रमणको मनोनयन सम्बन्धी कार्य गर्ने,
  16. अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने,
  17. यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

शाखाहरु:

  • कर्मचारी प्रशासन शाखा
  • आन्तरिक व्यवस्थापन शाखा
  • आर्थिक प्रशासन शाखा
  • शासकीय सुधार शाखा
  • कानून तथा फैसला कार्यान्वयन शाखा